लामो समयदेखि वेपत्ता नेपाली स्की धावक उत्तम रायमाझी फेसबुक अभियानबाट पेरिसमा फेला परेका छन् । करीव दुई हप्ता अघि हराएका रायमाझी पेरिसबाट झण्डै सय किलोमिटर टाढा स्थानीय जनताको सहयोगमा बाँचेका उनीसँग सहभागी टोलीले जनाएको छ ।
'सबै आगन्तुकलाई फेसबुकमा खोजीको लागि सचेत गराएका थियौं ' टोलीले भन्यो ।
अंग्रेजी, फ्रेन्च भाषा नजान्ने १७ वर्षे रायमाझीसँग पैसा र आफ्न्तको फोन नम्बरसमेत थिएन ।
पेरिस प्रहरीले विभिन्न समयमा उनलाई फेला पारे पनि आधिकारिक भिषाका कारण जेल चलान गर्न सकेन । फ्रेन्च विद्यार्थी टोम बाराजीले ४ सय भन्दा बढी आफ्ना शुभचिन्तक माझ फेसबुक अभियानबाट रायमाझीको फोटो सार्वजनिक गरेका थिए । बाराजी नेपाल स्की टीमका पूर्व जनसम्पर्क अधिकृत हुन । उनको खोजीको लागि पेरिसको व्यास्टलीमा फेसबुक मार्फत अभियान संचालन गरिएको थियो । उनी अचानक इन्टरनेट सामाचारमा सार्वजनिक भएका थिए । नेपाल स्की खेलका संस्थापक रिचार्ड मोरलीका अनुसार रायमाझी नेपाल ओलम्पिक कमिटीमा भएको आर्थिक अनियमिताका कारण असन्तुष्ट थिए ।

प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदमा बहाल रहन दिएको निर्देशन खारेज गर्नुपर्ने माग गर्दै माओवादीले देशभर विरोध प्रदर्शन गर्दै आएका छन्। यसैक्रममा आज राष्ट‌्रपति भवन शितल निवासअगाडि अखिल नेपाल महिला संघ क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई महिला घाइते भए। वैशाख २१ गतेदेखि शितल निवास वरपरको क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।



खबर्दार नछोऊः चेतावनी प्रहरीलाई।

सबै फोटोः विनोद जोशी/एपी

साभार : Mysansar.com


 

By MANOZR